२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलाले बगाउँदा मृत्यु



अ+ अ-

नवलपुर । यहाँको देवचुली नगरपालिकामा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–१६ मा खोला तर्ने क्रममा १७ वर्षीया जिममाया सारुको मृत्यु भएको हो । 

बाख्रा चराएर फर्कने क्रममा देवचुली–१६ को टुनीखोला तर्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी–बर्दघाट–सुस्तापूर्वले जनाएको छ । सारुलाई सोमबार दिउँसो खोलाले बगाएपछि स्थानीयवासीले उद्धार गरेर चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा पु¥याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । सारुको शव आज भरतपुर अस्पतालमा शवपरीक्षणपश्चात् परिवारलाई बुझाइएको खाँणले बताउनुभयो ।