२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैं तिहारलाई लक्षित गर्दै भोलिबाट साझाका लामो दुरीका गाडी चल्ने



अ+ अ-

काठमाडौं । दशैं तिहारलाई लक्षित गर्दै भोलिबाट साझा यातायातका लामो दुरीका गाडी चल्ने भएका छन्। घरजाने यात्रुहरुको सहजताका लागि साझाले लामो दुरीका गाडी संचालन गर्न लागेको हो ।

साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेका अनुसार सामाजिक दुरी कायम गर्दै बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चलने भएका छन् । भोलि साझ ७ बजे बाग्लुङको र सवा ७ बजे सुनौलीको गाडी नयाँ बसपार्कबाट छुट्ने उनले जानकारी दिए।

यात्रुले साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई–सेवाबाट टिकट काट्न सकिने पाण्डेले बताए । दुवै गन्तब्यमा जाने र आउने गरी २–२ वटा गाडी संचालन भई भाडा नेपाल सरकारले तोकेअनुसार ५० प्रतिशत अधिक हुनेछ।