९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशीमन्त्री फैसल विन फरहान अल साउदले हस्ताक्षर गर्नुभएको छ ।

नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनु भएका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद ले आज उच्च स्तरीय भेटघाट गर्दे हुनहुन्छ । उहाँले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।उक्त सम्झौता पछिनेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ ।

साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन् । साउदी अरब अधिराज्यका विदेशमन्त्रीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले दिवाभोज  आयोजना गर्नुहुनेछ । मंगलबार अपराह्न उहाँ स्वदेश फर्कने कार्यक्रम छ । २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ सोमबार साँझ काठमाडौं आइपुग्नुभएको हो। उहाँ आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।