३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्दिन –बामदेब गौतम



अ+ अ-

काठमाडौ ।  राष्ट्रियसभा सदस्यमा मनोनित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट बिहिबार मनोनित हुनुभएको गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको हो । आज राष्ट्रियसभा अध्यक्ष अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो । सपथग्रहणपछि गौतमले राष्ट्रिसभाको गरिमा र प्रतिष्ठालाई ध्यानमा राखेर काम गर्ने बाहेक आफ्नो अरु कुनै लक्ष्य नरेहको बताउनुभयो ।

उहाँले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने समेत बताउनुभयो । पार्टीले देशमा समाजवादको संकल्प पुरा गरेको उल्लेख गर्दै उहाँले राष्ट्रियसभामा आफुले त्यही भूमिका निर्वाह गर्ने बताउनुभयो । फागुन देखि रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा मनोनयनका लागि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । गौतम २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पराजित हुनुभएको थियो ।