३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० प्रतिशत यात्रु बोकेर उडान गर्न सकिदैन : क्याप्टेन थापा



अ+ अ-

काठमाडौं । निजी क्षेत्रको वायुसेवा छाता संगठन ‘वायुसेवा सञ्चालक संघ नेपाल’ (एओएएन)ले ५० प्रतिशत यात्रु बोकेर उडान गर्न दिने सरकारको निर्णय व्यवहारिक नभएको बताएको छ ।

एओएएनले एयरक्राफ्टमा ५० प्रतिशत मात्रै यात्रु राख्ने र ५० प्रतिशत भाडादर बढाउने सरकारको निर्णय व्यवहारिक नभएको बताएको हो । एओएएनका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एयरक्राफ्टमा पूर्ण क्षमतामा यात्रु राखि पुरानै भाडादरमा सञ्चालन गर्न दिएमात्रै आफुहरुले उडान सूचारु गर्न सक्ने बताउनुभयो । बिहीबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष थापाले संकटको बेला यात्रुबाट ५० प्रतिशत थप भाडा लिनु न्यायोचित नभएको पनि स्पस्ट पार्नुभयो । उहाँले ५० प्रतिशत यात्रु बोक्नै पर्ने भए सरकारले सहुलियत प्रदान गर्नुपर्ने बताउनुभयो । सरकारले कुन आधारमा यात्रुसँग ५० प्रतिशत बढी भाडा लिन र एयरक्राफ्ट भित्र ५० प्रतिशत यात्रु राख्न भन्यो आफुहरुले बुझ्न नसकेको थापाको भनाई छ ।

एयरलाइन्स घाटामा गएपनि भाडादर नबढाइकन उडान गर्न आफुहरु सक्षम रहेको पनि थापाले स्पस्ट पार्नुभयो । अन्तर्राष्ट्रिय उडान भर्ने जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न पाउने तर देश भित्रै कम समयका लागि उडान गर्ने एयरक्राफ्टले पूर्ण क्षमतामा यात्रु बोक्न नपाउने सरकारको निर्णय भ्रामक भएको पनि उहाँको भनाई छ । ६० प्रतिशत यात्रु बोकेपछि मात्रै एयरलाइन्सको लागत उठने र ७५ प्रतिशत सम्म यात्रु बोक्न पाए केही नाफा हुन सक्ने भएकाले सरकारले पूर्ण क्षमतामा एयरलाइन्स सञ्चालन गर्न दिनुपर्ने थापाले बताउनुभयो ।

यस्तो निर्णयले एयरलाइन्स क्षेत्रको विकासका लागि सरकार कत्तिको संवेदनशिल छ भन्ने स्पस्ट भइसकेको पनि क्याप्टेन थापाले बताउनुभयो । आफुहरु अन्तर्राष्ट्रिय मापदण्ड र सरकारले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी उडान गर्न सक्षम भएपनि सरकारको निर्णय अनुसार उडान गर्न सक्ने स्थिति नरहने उहाँले स्पस्ट पार्नुभयो ।