२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरो प्रभावित क्षेत्रमा सभामुख सापकोटा, उद्धारका र राहतका लागि सक्रिय



अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे र भीरखर्कमा  गएको पहिरोका कारण  पीडित हरुको अबस्थाका बारेमा जनाकारी लिन  तथा राहत र उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगेका हुन्।  आज बिहान सडक मार्ग बाट सभामुख सापकोटा घटनास्थल पुगेका हुन्।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे र भीरखर्कमा पहिरोका कारण ज्यान गुमाएका २ जनाको सनाखत भइुकेको छ । स्थानीयका अनुसार बिहान करिब पौने चार बजे आएको पहिरोले सिंगो बस्तीका कम्तिमा १७ जना बेपत्ता भएको अनुमान गरिएको छ।

पहिरोमा पुरिएका परिवारका कोहि पनि सम्पर्कमा नआएकाले कति बेपत्ता भन्ने एकिन गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले बताए।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको सापकोटाको भनाइ छ।