२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाईन शिक्षण सिकाईलाई व्यवस्थित बनाउनुपर्नेमा मन्त्री गुरुङ जोड



अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनलाईन शिक्षण सिकाईलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनु भएको छ । 

मन्त्री गुरुङले इन्टरनेटको दुरुपयोगबाट बालबालिकाहरु ‘डिजिटल दूव्र्यसनी’मा फस्न सक्ने सम्भावना भएकाले त्यसतर्फ सचेत रहन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गर्नु भयो । उहाँले त्यसका लागि आवश्यक ऐन, कानुन र निर्देशिका बनाउन सरकार प्रतिवद्ध रहेका उल्लेख गर्दै आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गर्नु भयो । 

५४ औं अन्तर्राष्ट्रिय  साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति, संस्थागत विद्यालय विभागले शनिबार आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कोरोना भाईरसले शिक्षा क्षेत्रमा पारेको असरबाट निराश नहुन पनि शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई आग्रह गर्नु भयो । मन्त्री गुरुङले कोभिड १९ को बहानामा विद्यार्थीहरुको एउटा शैक्षिक सत्र खेर जान दिन नहुनेतर्फ समेत सचेत गराउनु भयो । उहाँले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र सरकार कसैले पनि कोभिडको बहाना बनाएर आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने पनि स्पष्ट पार्नु भयो ।