२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलको खेलतालिका सार्वजनिकः पहिलो खेलमा बैंगलोर र कोलकाता भिड्ने, ६५ दिनमा ७४ खेल



अ+ अ-

काठमाडौँ । १८ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को खेलतालिका सार्वजनिक भएको छ ।

जसअनुसार उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)बीच मार्च २२ मा कोलकातामा हुनेछ ।

यस पटक ६५ दिनमा ७४ खेल हुनेछन् । मे १८ सम्म लिग चरणका ७० खेल हुनेछन् जसमा १२ डबल हेडर अर्थात् एकै दिनमा १२ पटक २ खेल खेलिनेछ । फाइनल मे २५ मा कोलकातामा हुनेछ ।

आईपीएलमा प्रतियोगिताको उद्घाटन र फाइनल खेल डिफेन्डिङ च्याम्पियन टोलीको घरेलु मैदानमा हुने परम्परा रहेको छ । यसपटक पनि यी दुवै खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा हुनेछन् ।

फाइनल मे २५ मा हुनेछ भने क्वालिफायर २ पनि मे २३ मा कोलकातामा हुनेछ ।

गत सिजनको उपविजेता टोली सनराइजर्स हैदरावादको घरेलु मैदान राजीव गान्धी स्टेडियममा पनि दुई प्लेअफ खेल हुनेछन् । यहाँ मे २० मा क्वालिफायर–१ र मे २१ मा एलिमिनेटर खेलाइनेछ ।

कोलकाताले यसअघिको फाइनलमा सनराइजर्स हैदरावादलाई हराएर उपाधि जितेको थियो । १७ औं सिजनको उपविजेता सनराइजर्स हैदरावादले पनि घरेलु मैदान उप्पलबाट आईपीएलको यात्रा सुरु गर्नेछ ।

उसले मार्च २३ मा राजस्थान रोयल्ससँग खेल्नेछ । गत सिजनको क्वालिफायर–२ मा पनि दुवै टोली भिडेका थिए । उक्त खेलमा हैदरावाद विजयी हुँदै फाइनलमा प्रवेश गरेको थियो ।

यसैबीच, आरसीबीले बिहीबार आफ्नो नयाँ कप्तानको बारेमा जानकारी गरायो । १८ औं सिजनमा मध्य प्रदेशका रजत पाटीदारले टोलीको कप्तानी गर्नेछन् । केकेआरले पनि नयाँ कप्तानको साथ प्रतियोगिता खेल्नेछ । अघिल्लो कप्तान श्रेयस अय्यरले यो सिजन पञ्जाब किंग्सबाट खेल्ने भएकाले केकेआरले नयाँ कप्तान छनोट गर्नुपर्नेछ ।

१० टोलीको घरेलु मैदानबाहेक गुवाहाटी र धर्मशालामा पनि खेल हुनेछन् । गुवाहाटी राजस्थान रोयल्स (आरआर)को दोस्रो घरेलु मैदान हो, टोलीले यहाँ २ खेल खेल्नेछ । टोलीले मार्च २६ मा कोलकाता र ३० मार्चमा चेन्नईसँग खेल्नेछ । धर्मशाला पंजाब किंग्सको दोस्रो घरेलु मैदान हो । टोलीले यहाँ ३ खेल खेल्नेछ ।

१० टोलीका बाँकी घरेलु मैदान अहमदाबाद, मुम्बई, चेन्नई, बैंगलोर, लखनऊ, मुल्लानपुर, दिल्ली, जयपुर, कोलकाता र हैदरावाद हुन् । सिजनका बाँकी खेलहरू यहाँ खेलाइनेछन् । प्रतियोगितामा १० टोलीबीच कुल ७४ खेल हुनेछन् ।

आईपीएल भारतको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो । यो प्रत्येक वर्ष मार्च देखि मे सम्म टी–२० ढाँचामा खेलिन्छ । यो प्रतियोगिता २००८ मा ८ टोलीबीच सुरु भयो । फाइनलमा चेन्नईलाई हराउँदै राजस्थानले पहिलो सिजनको उपाधि जितेको थियो ।

२०२२ देखि १० टोलीहरूले सहभागिता जनाउन थाले । चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले सर्वाधिक ५–५ उपाधि जितेका छन् । कोलकाता ३ उपाधि जितेर प्रतियोगिताको तेस्रो सफल टोली हो । दिल्ली, बैंगलोर , पञ्जाब र लखनउले अहिलेसम्म एउटै पनि उपाधि जितेका छैनन् ।