१९ असार २०८३, शुक्रबार
,
Latest
विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई सीसीएमसी निर्देशन



अ+ अ-

काठमाडौं । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिले निषेधाज्ञा जारी भएको जिल्लामा दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । 

बिहीबार सिंहदरबारमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले निषेधाज्ञाले जनजीवनमा पारेको असरलाई व्यवस्थापन गर्न दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले जनसमुदायमा पर्न गएको समस्यालाई मध्यनजर गरी मापदण्ड तोकेर दैनिक कार्य गर्न पाउने व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय भएको बताउनुभयो । 

बैठकमा एम्बुलेन्सको सेवालाई प्रभावकारी बनाउने र कोभिड अस्पतालमा आइसियु र भेन्टीलेटरको थप व्यवस्था गर्ने विषयमा छलफल भएको छ । यस्तै नेपाल भेन्टीलेटर सेवाले सुरु गरेको भेन्टीलेटर बैंकको परिचालन स्वास्थ्य सेवा विभागमार्फत गर्ने निर्णय समेत गरेको छ । यसबाहेक तेस्रो मुलुकबाट हवाई उडानमार्फत पीसीआर परीक्षण भएका र नभएका व्यक्तिहरु एउटै जहाजमा आएको पाइएकाले त्यसलाई कडा रुपमा कार्यान्वयन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्स कम्पनीहरुलाई निर्देशन दिने निर्णय गरेको गुरागाईंले बताउनुभयो । 

बैठकले कोरोना संक्रमणको वृद्धि सँगै देखिएका समस्या समाधान गर्न थप रणनीति बनाउने विषयमा समेत छलफल गरेको थियो । यस्तै विभिन्न चाडपर्व, जात्रा लगायतका गतिविधि सञ्चालनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको मापदण्ड अनुसार हुने पनि सचिव गुरागाईंले बताउनुभो ।