२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा, मिलान बाहिरियो



अ+ अ-

काठमाडौँ । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएराति भएको प्लेअफको दोस्रो लेगमा स्कटिस क्लब सेल्टिकसँग १–१ गोलको बराबरी खेलेपनि समग्रमा ३–२ को नतिजाले बायर्न अन्तिम १६ मा पुगेको हो ।

घरेलु टोलि बायर्नले पुनरागमन जित निकाल्यो । खेलको ६३ औं मिनेटमा निकोलस जेरिट कुह्नले गोल गर्दै सेल्टिकलाई अग्रता दिलाएका थिए । यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा अल्फोन्सो डेभिसले गोल गर्दै बायर्नको उद्दार गरे ।

यस्तै, गएराति नै भएको अर्को खेलमा इटालियन क्लब एसी मिलान घरेलु मैदानमा डच क्लब फेयनुर्डसँग १–१ को बराबरीमा रोकियो । खेलको पहिलो मिनेटमा नै सान्टियागो जिमिनेजले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ७३ औं मिनेटमा युलियन कारान्जाले गोल गर्दै फेयनुर्डलाई बराबरीमा ल्याए । खेलको ५१ औं मिनेटमा थिओ हर्नान्डेजले रातो कार्ड खाएपछि मिलान १० खेलाडीमा समेटिएको थियो ।

यो नतिजासँगै मिलान च्याम्पियन्स लिगबाट बाहिरियो भने फेयनुर्ड अन्तिम १६ मा प्रवेश गर्यो । समग्रमा फेयनुर्ड २–१ ले विजयी बनेको हो ।