२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर वन डढेलोप्रतिको हाम्रो बुझाइ र दृष्टिकोण संयोजक थापाले बुझाउनुभयो ‘इपिजी प्रतिवेदन’ राखिएको दराजको साँचो विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी बागमती मन्त्रीपरिषद् बैठकः अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड दिक्तेल–चखेवाभञ्ज्याङ सडक: माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब हाम्रो पात्रोबाटै इभेन्टहरूको टिकट खरिद गर्न मिल्ने



अ+ अ-

काठमाडौं: हाम्रो पात्रो एपबाट सिधैँ टिकट खरिद गर्न सकिने नयाँ सुविधा उपलब्ध भएको छ। यो डिजिटल युगमा प्रयोगकर्ताहरूलाई थप सजिलो बनाउन, हाम्रो पात्रोले आफ्ना प्रयोगकर्ताहरूका लागि डिजिटल टिकट खरिदको विकल्प ल्याएको हो।

प्रयोगकर्ताहरूले अब विभिन्न भुक्तानी माध्यम प्रयोग गरी टिकट खरिद गर्न सक्नेछन्। हाम्रो पे का साथै मोबाइल बैंकिङ र Connect IPS को प्रयोग गरेर पनि टिकट खरिद गर्न सकिन्छ। यो सुविधाले प्रयोगकर्ताहरूलाई कुनै एक भुक्तानी प्लेटफर्ममा मात्र निर्भर नरहन मद्दत गर्ने तथा भुक्तानी प्रक्रियालाई अझ सजिलो बनाउने उद्देश्य राखेको छ।

‘हाम्रो पे’का सीईओ शिशिर पोखरेल भन्नुहुन्छ, “अब हाम्रो पात्रो प्लाटफर्ममार्फत विभिन्न कार्यक्रमहरूका टिकट सजिलै खरिद गर्न सकिनेछ, जसले कार्यक्रम आयोजक र दर्शकबीचको दुरी घटाउनेछ। हाम्रो पे का साथै मोबाइल बैंकिङ र Connect IPS बाट टिकट खरिद सेवा दिन पाउँदा हामी निक्कै उत्साहित छौँ।”

हाल हाम्रो पात्रोमा पाँचथर, फिदिममा फेब्रुअरी २४ मा आयोजना हुन लागेको “John and The Locals – Live Concert” को टिकट उपलब्ध छ। फिदिम मा. बी. को खेलमैदानमा हुन लागेको यस कन्सर्टमा, देश तथा विदेशमा आफ्नो प्रस्तुतीले चर्चा कमाएको John and The Locals (JATL) ब्याण्डको सांगीतिक प्रस्तुती हेर्न पाइनेछ।

टिकट दर रु ४०० देखि रु ५,००० सम्म निर्धारण गरिएको छ।

हाम्रो पे मार्फत टिकट खरिद गर्दा प्रयोगकर्ताहरूले ५% क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

प्रयोगकर्ताहरूले https://tickets.hamropatro.com/events बाट पनि टिकट खरिद गर्न सक्नुहुन्छ।आयोजकहरूले आफ्ना कार्यक्रमहरूका टिकट बिक्रीका लागि हाम्रो पात्रोसँग साझेदारी गरी लाखौँ प्रयोगकर्तामा कार्यक्रम पुर्याउन सक्नेछन्।