२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान



अ+ अ-

एजेन्सी । पाकिस्तानका बाबर आजमलाई पछि पार्दै भारतका शुभमन गिल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) वरीयताको शीर्ष स्थानमा पुगेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा ब्याटिङतर्फ गिल ७९६ अङ्कसहित पहिलो स्थानमा पुगेका हुन् ।

शुभमन गिलले हालै इंग्ल्याण्ड विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले नागपुरमा भएको पहिलो खेलमा ८७ रन र कटकमा भएको दोस्रो खेलमा ६० रन बनाएका थिए ।

यस्तै, एकदिवसीयमा बाबर आजम ७७३ अङ्कसहित दोस्रो स्थानमा छन् । भारतका कप्तान रोहित शर्मा तेस्रो स्थानमा यथावत् छन् ।

यस्तै, एकदिवसीय बलिङ वरीयतामा अफगानिस्तानका राशिद खानलाई पछि पार्दै श्रीलङ्काका महीष तीक्षणा ६८० अङ्कसहित शीर्ष स्थानमा पुगेका छन् । राशिद खान ६६९ अङ्कसहित दोस्रो स्थानमा छन् भने नामिबियाका बर्नार्ड शोल्ट्ज तेस्रो स्थानमा यथावत् छन् ।

त्यसैगरी, एकदिवसीय अलराउन्डर वरीयतामा अफगानिस्तानका मोहम्मद नबी शीर्ष स्थानमा, जिम्बावेका सिकन्दर रजा दोस्रो स्थानमा र अफगानिस्तानकै अजमतुल्लाह ओमरजाई तेस्रो स्थानमा यथावत् छन् ।