२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च



अ+ अ-

भैरहवा । चालु आर्थिक वर्षको सात महिनामा लुम्बिनी प्रदेशमा कुल विनियोजित बजेटको एक चौथाइ मात्र खर्च भएको छ ।

लुम्बिनी प्रदेशका मन्त्रालय र अन्य प्रादेशिक कार्यालयले चालु र पुँजीगत खर्च गरी २४ दशमलव ४७ प्रतिशत खर्च भएको छ । प्रदेशमा चालुतर्फ विनियोजित कुल रकम रु ११ अर्ब २४ करोड २७ लाख ८४ हजार रकम भएकोमा त्यसको २६ दशमलव २४ प्रतिशत अर्थात दुई अर्ब ९५ करोड पाँच लाख १८ हजार सात सय ४७ रुपैया खर्च भएको छ ।

यस्तै, पुँजीगत तर्फ कुल रकम २४ अर्ब ५८ करोड ५९ लाख विनियोजित भएकामा माघ मसान्तसम्म त्यसको २२ दशमलव ४० प्रतिशत अर्थात रु पाँच अर्ब ५० करोड ६७ लाख तीन हजार सात सय ८८ रुपैया खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेशका प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले जानकारी दिनुभयो । सार्वजनिक तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पुँजीगततर्फ रु एक करोड १५ लाख विनियोजन भएकामा त्यसमध्ये एक रुपैयाँ पनि खर्च भएको छैन । यस्तै, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले रु १७ करोड ७४ लाख बजेटमध्ये एक दशमलव ३७ प्रतिशत अर्थात रु २४ लाख २७ हजार तीन सय ४३ रुपैया मात्र खर्च गरेको छ ।

माघ मसान्तसम्ममा सबैभन्दा बढी स्वास्थ्य मन्त्रालयले पुँजीगत खर्च गरेको छ । मन्त्रालयले ६९ दशमलव ६७ प्रतिशत खर्च भएको सार्वजनिक विवरणमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयले रु दुई अर्ब ५७ करोड ५९ लाखमध्ये रु एक अर्ब ७९ करोड ४० लाख ११ हजार ४०१ खर्च गरेको छ । यसैगरी प्रदेश लोक सेवा आयोगले रु ७० लाखमध्ये २९ दशमलव २७ प्रतिशत अर्थात रु २० लाख ४९ हजार १८ खर्च भएको छ ।

यस्तै, पुँजीगततर्फ प्रदेशसभाले २९ दशमलव १० प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चार दशमलव २५, आर्थिक मामिला मन्त्रालयको २३ दशमलव १८, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको चार दशमलव ५१ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको १४ दशमलव ७३ प्रतिशत खर्च भएको छ ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयले २१ दशमलव ३३ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले छ दशमलव १९, भौतिक पूर्वाधार विकास मन्त्रालय १८ दशमलव १६, खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय २३ दशमलव २४, सामाजिक विकास मन्त्रालय आठ दशमलव ८० प्रतिशत, प्रदेश योजना आयोगको ती दशमलव ४३ प्रतिशत खर्च भएको छ । लुम्बिनी प्रदेशले अर्थ तथा विविध खर्चको लागि चालु खर्चमा रु ७५ करोड ३७ लाख ७६ हजार र पुँजीगत खर्चको लागि रु ३५ करोड विनियोजन गरेकामा त्यसबाट हालसम्म एक रुपैयाँ पनि खर्च भएको छैन ।




भर्खरै