काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्य तोलामा १२ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ७ सय निर्धारण गरिएको छ । यसभन्दा अगाडी छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय कायम गरिएको थियो भने तेजावी सुनको मूल्य ९७ हजार ९ सय निर्धारण गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३६५ रहेको महासंघले जनाएको छ ।







