२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा बस दुर्घटनामा विश्वविद्यालयका १२ जनाको मृत्यु



अ+ अ-

एजेन्सी। ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोमा बस र ट्रक बीचको ठक्करमा विश्वविद्यालयका १२ जना विद्यार्थीको मृत्यु भएको र २१ जना घाइते भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

बस र ट्रकको भयानक दुर्घटनामा १२ जना विद्यार्थीको ज्यान गएको यस त्रासदीको दुःखद समाचारबाट हामी जागा भएका छौँ”, राज्यका गभर्नर टारसिसियो फ्रिटासले एक्समा लेख्नुभएको छ । साओ पाउलो नागरिक सुरक्षा अधिकारीहरूले एक बयानमा बिहीबार राति भएको दुर्घटनापछि २१ जना घाइतेलाई अस्पताल लगिएको र अधिकांशलाई डिस्चार्ज गरिएको बताएका छन् ।

घाइतेमध्ये एक जना ‘क्रेनियल ट्रामा’ बाट पीडित थिए र अन्य तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ र उनीहरूको अवस्था स्थिर छ । फ्रिटासले विद्यार्थीहरू दुर्घटना भएको बेला फ्रान्काको निजी विश्वविद्यालयबाट घर फर्कंदै गरेको बताए। “उनीहरूले आफ्नो सपना अधुरो भएको देखे  ।

राज्य सरकारको एक विज्ञप्तिमा ट्रक चालकलाई ‘घटनास्थलबाट भागेको, लापरवाहीपूर्वक हत्या र लापरवाहीपूर्वक शारीरिक क्षति पुर्‍याएको’ आरोप लगाइएको छ ।

सन् २०२४ डिसेम्बरमा दक्षिणपूर्वी राज्य मिनास गेरैसमा बस दुर्घटनामा ४१ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटना सन् २००७ पछि ब्राजिलको सङ्घीय राजमार्गहरूमा भएको सबैभन्दा खराब दुर्घटना थियो ।