१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रजात्राका दिन सुनसान राजधानी (फाेटाे फिचर)



अ+ अ-

काठमाडाैंः हरेक वर्ष राजधानीमा निकै धुमधामका साथ विभिन्न सांस्कृतिक कार्यक्रम सहित मनाइने इन्द्रजात्रा पर्वका अवसरमा राजधानीकाे हनुमानढाेका, वसन्तपुरमा यस वर्ष सुनसान देखियाे । भक्तजन र जात्रा हेर्न राजधानीवासी वा विदेशीकाे चहलपहल यस वर्ष थिएन । कारण थियाेः काेराेनाेभाइरसकाे महामारी ।

राजधानी लगायत देशैभर काेराेनाभाइरसकाे त्रासदी जारी छ । दुइ सयभन्दा बढी मानिसकाे मृत्यु भइसकेकाे छ भने राजधानीमा समेत काेराेनाभाइरसकाे संक्रमण उच्च छ । यही कारण स्थानीय प्रशासनले ठूलाे भेलाका साथ कुनै पनि किसिमका धार्मिक, पर्व र जात्राहरू संचालन नगर्न अनुराेध गरेकाे छ अर्थात निषेध नै गरेकाे छ । यस्ताे अवस्थामा वसन्तपुर वा हनुमानढाेका क्षेत्र सुनसान देखिनु स्वाभाविक हाे । यस्ताे घटना कैंयाैं वर्षपछि पहिलाे पटक भएकाे छ । भव्य रूपमा इन्द्रजात्रा मनाइने राजधानीकाे मुटु वसन्तपुरकाे सुनसान परिदृश्य हेराैं तस्वीरमा । यी तस्वीरहरू फाेटाे पत्रकार नवराज श्रेष्ठले खिच्नु भएकाे हाे ।