१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा ओलीबाहेक सबैको प्रश्न- के खतिवडाको विकल्प छैन ?



अ+ अ-

काठमाडौँ । केही दिनयता मिल्यो भनिएको नेकपाको झगडाका केही झिल्का सोमबार साँझ देखिएका छन् । उता बालुवाटारमा डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन बालुवाटारमा नेपालका केही पश्चिमा दाताहरुले दबाब दिइरहँदा यता भैँसेपाटीबाट पनि प्रधानमन्त्रीलाई बामदेवाको अर्काे दबाब आएको छ । वर्तमान अर्थमन्त्री खतिवडाको मन्त्रीपद ४ दिन पछि सकिँदैछ । अब उनी सांसद पनि नरहनेगरी निस्किँदैछन् । प्रधानमन्त्रीका प्रियपात्र मानिएका खतिवडा ओलीबाहेकको अर्काे घेरामा देखिँदैनन् । उनले प्रधानमन्त्री ओलीसँग यस्तो गोलघेरा बनाएका छन् कि त्यसभित्र ओलीले अर्काे कुनै व्यक्ति देख्नै मान्दैनन् । यसले नेकपा भित्र यस्तो अवस्था आएको छ कि उनका कारणले अब अरु पक्ष त के ओलीकै घेराभित्रका मानिस पनि टाढिएका छन् । उनका कारण पार्टीमा नै एक किसीमको ओलीकै विरोधी समूहको जनमत बढ्दै गएको छ । यसअघि नै निस्किनुपर्ने खतिवडाले छ महिनाअघि पनि तिनै दाताहरुलाई दुरुपयोग गरे, प्रधानमन्त्रीलाई दबाब दिन लगाए र सत्तामा थप छ महिना भए पनि बस्न पाए । र अहिले पनि यही मोडेल अघि सारेका छन् ।   

सायद यही बुझेरै हुनसक्छ आज साँझ बामदेवले पनि आफूलाई राष्टिय सभामा लैजाने निर्णय कार्यान्वयन होस् भनेका छन् । उनले साँझ केही मिडियामा यो समााचार यसरी हिट गराएका छन् कि ठीक त्यसबेला बालुवाटारमा प्रधानमन्त्रीलाई दाताहरुले आफ्नो पक्षमा दबाब दिन अर्थमनन्त्रीले लगाएका थिए । खासगरी पश्चिमा राष्ट्र र दक्षिणी छिमेकीसँगको सन्निकटताका कारण अर्थमन्त्रीले चिनियाँ सहयोगलाई बेवास्ता गर्दै आएका छन् । उनलाई चिन्नेहरु भन्छन्  खतिवडाले हिजो संसदमा आंशिक रुपमै एमसीसी पारित गराएका थिए । यसले सिंगो पार्टीलाई नै विवादमा पारेको कुरा प्रधानमन्त्रीलाई थाहा नभएको होइन, तर भएर पनि उनले केही गर्न सकेका छैनन् । 

सरकारमा बसेका खतिवडा मार्काहरुले देशलाई खतिबाहेक केही दिएका छैनन् । मात्र उनी यही असारमा मन्त्रीबाट बाहिरिएपछि कसरी अमेरिकाको राजदूत हुने भन्ने मात्र ध्याउन्नमा थिए । तर उनले पछिल्लो समयमा राजदूत भन्दा मन्त्रीमै फाइदा देखे । त्यसमा पनि अझै उनले सञ्चारमन्त्री पनि पाएका छन्, त्यसैमा उनी रमाएका छन् । त्यसबाहेक कर्मचारी मन्त्री खतिवडाले सत्तारुढ दल र नेकपाको सरकारलाई नै खतिबाहेक अरु केही नपुराउने कुरा नेकपाकै सांसद नविना लामाले संसदमै केही समयअघि भनेकी थिइन् । 

यसका अलावा तीन वर्षअघि नेपालले बिआरआइमा कहिले हस्ताक्षर गर्छ भन्ने व्याकुल प्रश्न सोध्ने नेपालको कूटनीतिक र राजनीतिक वृत्तमा यसको तीन वर्षपछि यतिखेर अर्को प्रश्न थपिएको छ– के नेपाल बिआरआईबाट पछि हट्न लागेको त होइन ? आखिर यो अवस्था पनि खतिवडाकै कारणले आएको छ । यो  प्रश्नमा कूटनीतिक क्षमताबिहीन वर्तमान परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको असक्षमताले ठूलो मलजल गरेको छ । तर अहिले आएर मन्त्री ज्ञवालीले पनि यो बुझेका छन् । प्रधानमन्त्रीले नै पुल्पुलाएका कारण अहिले कसैले पनि उनका विरुद्धमा बोल्न सकेका छैनन् । 

तर आज साँझपख बामदेवले खोलेको मुखको ठूलो अर्थ छ । यसले एकातर्फ आफूले बामदेव प्रवृत्तिलाई मिलाएँ भन्ने प्रधानमन्त्रीको ढाडसलाई पनि उछालिदिएको छ । अर्कातर्फ बामदेवलाई नदिएर फेरि पनि खतिवडालाई नै दिने काम भयो भने यसको मूल्य पार्टीले र अझ त्यो भन्दा बढी प्रधानमन्त्रीलाई महंगो पर्ने देखिएको छ । खतिवडा पछिल्लो समय नेकपामा खतिवाला प्रवृत्तिका रुपमा देखिएको छ । उनी पनि इश्वर पोखरेलका सम्धीजस्तै सत्तैसत्तामा बस्ने व्यक्तिमा पर्छन् । राजाका पालादेखि आजका पालासम्म । फेरि यी सबै कुरा बाहिर नआएका पनि होइनन्, आएकै हुन् । आए पनि खतिवडाले खाएकै छन् । त्यसैले अहिले त एकजना ओली र उनका सल्लाहकार विष्णु रिमालबाहेक नेकपाका सबैको एउटै प्रश्न छ- के नेकपालमा खतिवडाको विकल्प छैन ?