२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीको एक्स्ट्राटेक मैदानमा पाँचवटा फ्लड लाइट जडान



अ+ अ-

काठमाडौँ। रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सम्पन्न भएको छ । नेपालमा कुनैपनि क्रिकेट मैदानमा फ्लड लाइट हालिएको यो पहिलोपटक हो ।

एक्स्ट्राटेक मैदानमा करिब ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान गरिएको स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिए । सोमबारदेखि लाइट टेस्टिङको काम सुरु गरिने उनले बताए ।

०८० साल जेठ २९ गते शिलान्यास भएको मैदान ०८० फागुनमै तयार भएको थियो । फागुन २८ मा मैदानको उद्घाटन गरी लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।

नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने काम भइरहेको र अन्तिम चरणमा रहेको निर्देशक कुँवरले बताए । साथै, मैदानमा प्याराफिट लगायत अन्य भौतिक संरचनाका कामहरु पनि अगाडि बढिरहेको उनले बताए ।