२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीसहित ६ जनाविरुद्ध मुद्दा दर्ता



अ+ अ-

काठमाडौं । ठमेलमा प्रहरी कुट्ने नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशीसहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

अनुसन्धान सकाएर प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।

सरकारी वकिल कार्यालयले विद्यार्थी संगठनका नेता जोशीसहित गोपालबहादुर शाही, रमेशकुमार फुलारा, नवीनसिंह ऐर, दिनेश सिग्देल र सौजन्य शाहीलाई प्रतिवादी बनाएको छ । उनीहरुमाथि अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरिएको छ ।

यो समूहले २४ माघको राति ड्युटीमा प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टमाथि कुटपिट गरेको थियो ।

अखिल नेता जोशी, दिनेश सिग्देल, गोपालबहादुर शाहीविरुद्ध यसअघि पनि ज्यान मार्ने उद्योगको कसुरदेखि अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको थियो ।