१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणले आमाछोराको मृत्यु



अ+ अ-

काठमाडौं । कोरोना संक्रमणबाट आमाछोराको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिकामा एकै दिन कोरोना संक्रबाट आमा छोराको मृत्यु भएको हो । 

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा शनिबार भर्ना भएकी उपमहानगरपालिका-१७  की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो ।

आमाछोरा नै मधुमेह र उच्च रक्तचापको समस्या र अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्यरोले च्यापेपछि शनिबार साँझमात्रै प्रतिष्ठानमा भर्ना भएका थिए । आमाको बिहान ८:३० र छोराको ७ :४५ बजे मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

मृतक दुवैजनामा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।