१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिकोटको नाग्ममा पहिरो, एकको मृत्यु, तीन घर पुरिए



अ+ अ-

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहानमा पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिनुभयो । “पहिरोबाट १३ वर्षीय बालक अर्जुन हमाल र ३५ वर्षीय महिला पुण्य शाहीलाई जीवितै उद्धार गरिएको छ,” उहाँले भन्नुभयो, “फोन सम्पर्क नहुँदा पूर्ण विवरण आउन सकेको छैन ।”

उहाँका अनुसार जिल्लाबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार गर्नुका साथै जेसिबीसमेतले उद्धारको काम गरिरहेको छ । घटनास्थल जुम्ला र कालीकोट जिल्लाको सिमाना नजिक कर्णाली राजमार्गको कालीकोट सडक खण्डमा पर्दछ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जीवितै उद्धार गरिएका घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउँदै गरिएको जानकारी दिनुभयो । घटनामा के कति मानवीय क्षति भएको छ ? भन्ने एकीन विवरण आउन नसकेको जनाउँदै उहाँले जुम्लाबाट नेपाल प्रहरी, विपद् व्यवस्थापन समिति, सशस्त्र प्रहरी घटनास्थल पुगेर उद्धार गरिरहेको जानकारी दिनुभयो  ।