२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन सांसद शाहीको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले काठमाडौं महानगरसहित देशका धेरै स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत बिहीन भएको भन्दै तत्काल पठाउन सरकारसँग माग गर्नुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको हितमा कहिल्यै काम नगरेको आरोप लगाउनु भयो । उहाँले धेरै पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम ठप्प भएको बताउनु भयो ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो–’गाउँगाउँमा सिंह गयो, दरबार गएन । ओली सरकारबाट जनताको कहिल्यै भलो भएन । आज काठमाडौं महानगरपालिका लगायत देशका धेरैभन्दा धेरै पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकिएर राखिएको छ । आज देशका सबै शिक्षक, कर्मचारीहरुका तलब ठप्प छन् । आज काठमाडौं महागरपालिकामा मात्रै सरसफाई गर्ने कर्मचारीले तलब खान पाएका छैनन् । यो ओली सरकारलाई पाल लाग्ला ।’

उहाँले सरकारको आडमा कर्मचारीलाई रोकेर स्थानीय तहहरुलाई ठप्प नपार्न चेतावनी दिनुभयो ।