१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट शनिबार एकै दिन २० जनाको मृत्यु भएको पुष्टि



अ+ अ-

काठमाडौं । देशमा जारी रहेको कोरोना भाइरसको महामारीबाट शनिबारमात्र एकै दिन २० जनाको ज्यान गएको पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएको विभिन्न अस्पतालहरुबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

यसरी मृत्यु हुनेमा पर्सा र महोत्तरीका ३/३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २/२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एक एक जनाको मृत्यु भएको छ ।

तर आज अपरान्ह स्वास्थ्य तथा जनसख्या मन्त्रालयले दिएको नियमित प्रेस ब्रिफिङका क्रममा भने १२ जनाको मात्र मृत्यु भएको जानकारी दिइएको थियो । तर त्यसपछि अरुको मृत्यु पुष्टि भएको छ । मन्त्रालयको सो प्रेस नोटमा दिइएकोमा महोत्तरीका ३, पर्सा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको तथ्यांक भने जोड्न बाँकी रहेको देखिएको छ ।