१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार थपिए ८८४ संक्रमित, उपत्यकामा १८६ जना



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा अर्थात् शनिबार ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको ११ हजार ५१६ नमुना परीक्षणबाट उनीहरु संक्रमित भएको जनाइएको हो । यीमध्ये २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीमा काठमाडौं उपत्यकामा १८६ जना संंक्रमित थपिएका छन् । काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो ।

यसरी संक्रमित हुनेहरुमा सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६र२६ जना, सुसनरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१र२१ जना, झापा र बाँकेका २०र२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९र १९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १० जना तथा धादिङ र मकवानपुरका ९,९ जना हुन् । 

त्यस्तै रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३,३ जना, सप्तरी र कपिलवस्तुका २,२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १,१ जनामा संक्रमण देखिएको पनि सो पत्रकार सम्मेलनमा मन्त्रालयले जानकारी दिएको छ ।