१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय रक्षामन्त्री आगामी हप्ता रुस जाने



अ+ अ-

नयाँ दिल्ली । भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता रुसको भ्रमणमा जानुहुने भएको छ । यस विषयमा रुसका रक्षामन्त्री सेर्गेइ सोइगुले जानकारी दिनुभएको छ । उहाँले आगामी हप्ता भारतका रक्षामन्त्रीलाई रुसमा स्वागत गर्न आफू आतुर रहेको जनाउनुभएको हो । 

उहाँले भारतीय रक्षामन्त्री सिंहलाई आगामी हप्ता मस्कोमा स्वागत गर्न आफूहरु आतुर रहेको भनी दिएको अभिव्यक्तिका बारेमा रुसमा रहेको भारतीय दूतावासले आज ट्वीटमार्फत जानकारी गराएको छ । 
भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता अर्थात सेप्टेम्बर ४ देखि ६ तारिखसम्म रुसको भ्रमणमा जानुहुने छ । 

मस्कोमा आगामी हप्ता सांघाई कोअपरेसन अर्गनाइजेसको बैठक हुन लागेको छ । सो बैठकमा उक्त अर्गनाइजेसनका सदस्य राष्ट्रका रक्षामन्त्रीहरुको सहभागिता रहने छ । सोही बैठकमा सहभागी हुन भारतीय रक्षामन्त्री सिंह पनि त्यसतर्फ जान लाग्नुभएको रुसस्थित भारतीय दूतावासले जानकारीमा दिएको  छ ।