१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई संक्रमितको मृत्यु



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पाटन अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया दुई महिला रहेको र दुबैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु अस्पतालका निर्देशक डा. रवि शाक्यले बताएका छन्। 

गत साउन ३० गते अस्पताल भर्ना भएकी काठमाडौंकी महिलाको शुक्रबार राति साढे ९ बजे मृत्यु भएको थियो भने उनमा उच्च रक्तचापको समस्या रहेको डा. शाक्यले बताए । 

यस्तै गत भदौं ८ गते भर्ना भएकी भक्तपुरकी महिलामा भने अरु कुनै समस्या नरहेको शाक्यले बताए। उनको शनिबार बिहान ६ बजे मृत्यु भएको हो । 

मृतकमध्ये काठमाडौंकी महिलाको भने हिजै शव व्यवस्थापन गरिएको र भक्तपुरकी महिलाको भने शव व्यवस्थापन गर्ने तयारी गरिएको छ।