१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सज्जा बनिन नेपाल आइडल सिजन–३ को विजेता



अ+ अ-

काठमाडौं । शुक्रबार राति भएको नेपाल आइडल सिजन–३ को फाइनलको विजेता सज्जा चौलागाईँ बनेकी छिन् । यसका साथै उक्त प्रतियोगिताको फस्ट रनरअफ प्रवीण वेडुवाल बनेका छन् भने सेकेण्ड रनरअप किरण कुमार भुजेल घोषित भएका छन् । 

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडलको घोषणा गरेका थिए । शुक्रबार राति घोषणा अघि कार्यक्रममै नेपाल आईडल सिजन ३ का एक सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो । 

संक्रमणका कारण ग्राण्ड फिनालेको विजेता घोषित कार्यक्रममा जज तथा प्रतिस्पर्धी अनुपस्थित रहेको जानकारी पनि त्यसै क्रममा दिइएको थियो । नेपाल आइडल निर्माण पक्षले भनेको छ–ग्राण्ड फिनालेका सम्पूर्ण प्रस्तुतीहरु सकिएपश्चात नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएको सूचना प्राप्त हुन आएकोले प्रस्तुती पछाडिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धी तथा जजहरु आइसोलेसनमा जानुपर्ने बाध्यता आइलाग्यो । 

तर पनि प्रतिस्पर्धीहरुका साथै आम दर्शकको भावनालाई कदरगर्दै आज बेलुका प्राप्त भोट तथा जजको मूल्यांकनको आधारमा सो घोषणा गरिएको थियो । आइडल विजेताले उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।