२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नटिङहमसँग बराबरीमा रोकियो आर्सनल, सिटीले टोटेनहमलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेको आर्सनललाई पुनः धक्का लागेको छ ।

यसअघिको खेलमा हार ब्यहोरेको आर्सनल गएराति भएको खेलमा नटिङहम फरेस्टसँग बराबरी खेलेको हो ।

नटिङहमको घरेलु मैदान सिटी ग्राउन्डमा दुबै टोलिले गोल गर्न सकेनन् र अंक बाँडे ।

बराबरीको नतिजासँगै आर्सनल २७ खेलबाट ५४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने नटिङहम ४८ अंकका साथ तेस्रो स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले १–० गोलले हरायो । सिटीको जितमा एकमात्र निर्णायक गोल एर्लिङ हालाण्डले गरे ।

टोटेनहमको घरेलु मैदानमा हालाण्डले १२ औं मिनेटमा गरेको गोल नै सिटीलाई जितका लागि पर्याप्त बन्यो ।

जितसँगै सिटी २७ खेलबाट ४७ अंकका साथ तालिकाको चौंथो स्थानमा छ भने टोटेनहम ३३ अंकका साथ १३ औं स्थानमा छ ।




भर्खरै