२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासललाई हराउँदै शीर्षस्थानको लिभरपुलले अंकदुरी बढायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको लिभरपुलले जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई २–० गोलले हराएको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन खेलको ११ औं मिनेटमा डोमिनिक सोबोज्लाईले र ६३ औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गरे ।

जितसँगै शीर्षस्थानको लिभरपुलले दोस्रो स्थानको आर्सनलसँग अंकदुरी बढाएको छ । २६ खेलबाट लिभरपुलको ६७ अंक छ भने एक खेल कम खेलेको आर्सनलको ५४ अंक छ ।

यता, पराजित न्युक्यासल २७ खेलबाट ४४ अंकका साथ तालिकाको छैटौं स्थानमा छ ।