२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासले बुझायो चार इजरायली बन्धकको शव, इजरायलले ६ सय कैदी छाड्दै



तस्बिर : बीबीसी
अ+ अ-

काठमाडौं । प्यालेस्टिनी समूह हमासले चार इजरायली बन्धकको शव हस्तान्तरण गरेको छ । हमासले ती शव रेडक्रसको जिम्मा लगाएको हो ।

एक इजरायली अधिकारीले दिएको जानकारीलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार हमासले इजरायली चार जना बन्धकको शव बुझाएको हो ।

योसँगै इजरायलले वेस्ट बैंकस्थित ओफर जेलबाट ६०० बढी प्यालेस्टाइनी कैदीलाई रिहा गर्न सुरु गरेको छ । यसलाई युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणको अन्तिम आदान–प्रदान भनिएको छ । जुन शनिबार समाप्त हुँदैछ ।

हमासले जिम्मा लगाएका चार शवको पहिचान पुष्टि गरिएको छैन । यद्यपि, हमासले ८६ वर्षीय श्लोमो मन्सूर, ५० वर्षीय ओहद लाहलोमी, त्साची इदान र ६९ वर्षीय इत्जिक एल्गारट रहेको जिकिर गरेको छ ।

यी सबैलाई २०२३ अक्टुवर ७ को आक्रमण दौरान हमासले राखेको थियो । इजरायलले बन्धक हस्तान्तरण अपमानजनक भन्दै विरोध गरेर कैदी रिहाइमा ढिलाई गरेको बताइँदै छ ।

हमास वुधबार मात्रै विना कुनै समारोह शव हस्तान्तरणमा सहमत भएसँगै ६०० कैदी बन्दी रिहाइको बाटो खुलेको इजरायली अधिकारीले बताएका छन् । गाजा सीमामा परिवारसहित चार शवको पहिचान संवेदनशील ढंगले चाँडो गरिने अधिकारीहरुको भनाइ छ ।