१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाका कारण नेकपा सचिवालय बैठक फेरि स्थगित



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बस्ने भनिएको नेकपा सचिवालय बैठक फेरि स्थगित भएको छ ।  मंगलबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा शनिबार बस्ने सहमति भएको बैठक कोरोना संक्रमणका स्थगित भएको हो ।

नेकपाका सचिवालय सदस्यसमेत रहनुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाको सम्पर्कमा रहेका व्यक्तिमा कोरोना पुष्टि भएको कारण भोलिका लागि तय गरिएको सचिवालय बैठक स्थगित गरिएको जानकारी नेकपाका नेताहरुले दिएका छन । 

सिसिएमसीका केही कर्मचारीमा कोरोना संक्रमण देखिएको र केही दिनअघि दुवै मन्त्री सो बैठकमा रहेको स्रोतको भनाई छ । मन्त्रीद्वय पोखरेल र थापा यही सोमवार सिसीएमसीको सचिवालयमा अनुगमनका लागि पुग्नुभएको थियो । सो क्रममा सो कार्यालयका केही सहयोगीहरुमा कोरोना संक्रमण भएपछि भोलिको बैठक स्थगित गरिएको हो । संक्रमितसँग सम्पर्कमा रहेको कारण दुवै मन्त्रीको पिसिआर परीक्षणका लागि स्वाव लिइएको छ ।

गत साउन ३० गते पार्टी एकतामा देखिएको विवादको समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले यही भदौ ६ गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ ।