१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना सङ्क्रमणकाबाट दुईको मृत्यु



अ+ अ-

चितवन । जिल्लामा कोरोना सङ्क्रमणबाट दुईको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भरतपुर महानगरपालिका –२  क्षेत्रपुरका ५१ वर्षीय पुरुष र हेटौडा उपमहानगरपालिका १९ का ७१ वर्षीया महिला रहेको बताइएको छ । 
  
ती पुरुष यही भदौ पाँच गते श्वासप्रश्वासमा समस्या भइ पुष्पाञ्जली अस्पतालमा भर्ना भएका थिए । उनलाई भदौ आठ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज बिहान १० वजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालको कोभिड –१९ स्रोत व्यक्ति फिजिसन चिकित्सक सन्दिप पाण्डेका अनुसार उनको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । दुवै फोक्सोमा गम्भिर निमोनिया देखिएर भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । 

सोही अस्पतालमा उपचाररत अर्का एक जना सङ्क्रमितको अवस्था  सामान्य रहेको छ । यस्तै  कलेजमा उपचाररत वृद्धाको कोरानाले मृत्यु भएको छ । श्वासप्रश्वास सम्बन्धि समस्याका कारण  भदौ सात गते  कलेजमा उपचारका लागि आएकी महिलामा ९ गते सङक्रमण पुष्टि भएको थियो । उनीको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिनुभयो । 

कलेजमा अहिले ४२ जना सङ्क्रमितको उपचार भइरहेको र ती मध्ये २०को अवस्था जटिल रहेको उहाँले जानकारी दिनुभयो । कलेजमा रहेको प्रयोगशालामा हाल सम्म ७ सय २७ नमूना परीक्षण गरिएकोमा १ सय ९ जनामा सङ्क्रमण देखिएको  जनाइएको छ ।  यससंगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । एक वृद्धाको घरमा नै मृत्यु भएको थियो । जिल्ला भित्रका कोरोनाका कारण चारको मृत्यु भएको छ भने अन्य एक कैलाली र तीन  मकवानपुरका रहेका छन् ।