२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विविधतामा एकता भएको देश- मुख्यमन्त्री कँडेल



फाइल फोटो
अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल विविधतामा एकता भएको देश भएको  बताए ।

आज सुर्खेतमा नेपाल मगर सङ्घको ४३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न धर्म, भाषा, जात र संस्कृति भएको देशमा विविधता हुँदाहुँदै मिलेर बसेको समाज भएकाले यसलाई आगामी दिनमा जोगाइराख्नु आजको आवश्यकता रहेको बताए ।

विविधता भए तापनि सामाजिक सन्दर्भमा कुनै वैमनश्य नभएको देश नेपाल रहेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले सामाजिक एकताका निम्ति सबै प्रकारका स्वार्थबाट माथि उठेर देशलाई उच्च स्थानमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

बहुजातीय, बहुभाषिक, बहुसंस्कृति भएको हाम्रो देश नेपाललाई समृद्धितिर लैजानु हामी सबैको कर्तव्य भएको उनको भनाइ थियो । रासस