१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

३९ स्थानीय तहमा अस्पताल बनाउने तयारी



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका विभिन्न ३९ स्थानीय तहमा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने भएको छ । गाउँ–गाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सङ्घीय सरकारले प्रदेशका दश वटै जिल्लाका विभिन्न स्थानीय तहमा अस्पताल भवन निर्माणको योजना कार्यान्वयनमा  ल्याउन लागेको हो ।  

हरेक स्थानीय तहमा पाँचदेखि १५ श्य्याको अस्पताल बनाउने सरकारको नीति तथा कार्यक्रम अनुसार चालू आर्थिक वर्षमा कर्णालीमा ३९ वटा अस्पताल भवन निर्माण गरिनेछ । सुर्खेत–२ का सङ्घीय सांसद तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले अस्पताल निर्माण योजनासम्बन्धी प्रस्ताव आइतबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी दिनुभयो । उहाँका अनुसार चालू आवमा सुर्खेतमा सात, हुम्लामा चार, जाजरकोटमा पाँच, जुम्लामा दुई, र दैलेखमा छ वटा अस्पताल भवन निर्माण गरिनेछ । त्यस्तै, रुकुम पश्चिममा दुई, सल्यानमा छ, कालीकोटमा दुई र डोल्पामा तीन वटा अस्पतालका भवन निर्माण हुनेछन् ।

 मन्त्रालयले ३९ मध्ये ३३ वटा अस्पताल भवन निर्माणका लागि बजेट सम्बन्धित स्थानीय तहलाई पठाउनेछ । बाँकी छ वटा भवन भने सहरी विकास मन्त्रालय अन्तर्गतको भवन डिभिजन कार्यालयमार्फत निर्माण गरिनेछ । अस्पताल बनाउँदा कुनै स्थानीय तहमा साविककै स्वास्थ्यचौकी÷स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरिनेछ भने कुनै स्थानीय तहमा नयाँ ठाउँमा अस्पताल सञ्चालनका लागि भवन निर्माण हुनेछन् । उहाँले चिकित्सकीय सेवा सेवाहरु गाउँमै पु¥याउने उद्देश्यले अस्पतालका भवन निर्माण गर्न लागिएको बताउनुभयो ।

सम्बन्धित क्षेत्रको जनघनत्व, स्थानीय जनप्रतिनिधिको सुझाव र स्वास्थ्य क्षेत्रको मापदण्डका आधारमा अस्पताल सञ्चालनको लागि भवन निर्माण गरिनेछ । पाँच श्ययाको लागि रु। सात करोड, १० श्ययाको लागि रु। ११ करोड र १५ श्ययाकोे भवन निर्माणका लागि भौगोलिक क्षेत्रका आधारमा  १६ देखि १८ करोडसम्म बजेट उपलब्ध गराइनेछ । मन्त्रालयले भवन निर्माणका लागि केही हप्ताभित्रै पहिलो किस्ताबापत १ करोड रकम सम्बन्धित स्थानीय तहमा पठाउने तयारी गरेको छ । पहिलो चरणमा चालू आवभित्रै बोलपत्र  आव्हान गरी भवन निर्माणको काम थालिनेछ । 

बहुवर्षीय आयोजना अन्तर्गत सात करोडदेखि १८ करोडसम्मको लागतमा भवनहरु निर्माण हुनेछन् । यसअघि स्वास्थ्य संस्थाका भवन निर्माणसम्बन्धी योजना सहरी विकास मन्त्रालय अन्तर्गतका भवन डिभिजन कार्यालयले कार्यान्वयन गर्दै आएको थियो । छिटो छरितो निर्माण सम्पन्न गर्ने उद्देश्यले अधिकांश भवन सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको हो । यसपटक छ वटा भवनमात्र भवन डिभिजन कार्यालय अन्तर्गत कार्यान्वयन गरिनेछ ।

यी स्थानीय तहमा अस्पताल

सुर्खेतको सिम्ता गाउँपालिकाको बजेडीचौर, लेकबेशी नगरपालिकाको दशरथपुर स्वास्थ्य चौकी, चौकुने गाउँपालिकोको बिजौरा स्वास्थ्य चौकी, वीरेन्द्रनगरको लाटीकोइली स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गरिनेछ । पञ्चपुरी नगरपालिका र चिङ्गाड गाउँपालिकामा स्थानीय तहको आवश्यकता अनुसार अस्पताल भवन निर्माण गरिनेछ ।

मुगुमा सोरु  र मुगुमकार्मारोङ गाउँपालिका, जाजरकोटमा छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिका, हुम्लामा सर्केगाड, अदानचुली, नाम्खा र ताजाकोट, डोल्पामा त्रिपुरासुन्दरी, डोल्पोबुद्ध र मुड्केचुला गाउँपालिकामा अस्पतालका भवन बन्नेछन् । त्यस्तै, जुम्लामा तिला नगरपालिका र कनकासुन्दरी गाउँपालिका, कालीकोटमा रास्कोट नगरपालिका, सल्यानमा दार्मा, कपुरकोट, कुमाख, सिद्धकुमाख, कालीमाटी गाउँपालिका र बनगाडकुपिन्डे नगरपालिका, रुकुमपश्चिममा सानीभेरी गाउँपालिका, आठबीसकोट नगरपालिका, दैलेखमा भैरवी गाउँपालिका, चामुण्डाविन्द्रासैनी र आठबीस नगरपालिकामा अस्पताल भवन निर्माण हुनेछन् ।