१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरा नातेदारले सम्बन्धको दुरुपयोग गरेका छैनन् : ईश्वर पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफू बिरुद्ध नियोजित र संगठित र रुपमा हमला भएको  जनाउनु भएको छ ।  आज एक प्रेश बिज्ञप्ति जारी गर्दे पोखरेलले आफू र  परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा म सितको सम्बन्धको दुरूपयोग गरी  विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता  नभएको स्पष्ट पार्नुभएको छ ।

उहाँले भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका दाबि  गर्दे   कहींकतै पनि आफनो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी  गराउनु भएको छ । उहाले  यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउने जनाउनु भएको छ ।  पोखरेललभने भन्नु भएको छ  मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएकार गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु ।  

केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् । ती समाचारहरूप्रति मेरो गंभीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । यस्ता समाचारले  दुःखित हुनुभएका र आफू प्रति सद्भाव राख्ने, आफूलाई माया गर्ने, समर्थन गर्नुहुने  मित्रहरूलाई कुनै पनि किसिमको भ्रममा नपर्न समेत अनुरोध  गर्नुभएको छ ।  

विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण  यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र  चरित्रहत्या गर्ने हिसावले “घरको पानी ट्यांकीमा पैसा राखेको“ कुप्रचार गरिएको स्मरण गराउदै  अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत  नयाँ ढंगले आफू बिरूद्धमा स्वर उरालिरहेको दाबी गर्नुभएको छ ।  

नेता पोखरेलले त्यस्ता बिषयलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार सेमत गर्नुभएको छ । उहाले सम्पूर्ण शुभचिन्तक,  समर्थक,  मित्रहरू तथा आम जनतालाई विश्वास दिलाउने बाचा गर्दे  जनताको  विश्वास र भरोसालाई कहिल्यै  कमजोर हुन दिने नदिने र किमार्थ टुट्न नदिने बचन बद्धता प्रकट गर्नुभएको छ ।