१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राकृतिक चिकित्सासँगै सङ्क्रमितको उपचार गर्दै भरतपुर महानगर



अ+ अ-

भरतपुर । भरतपुर महानगरपालिकाले कोरोना सङ्क्रमण देखिएका पहिलो चरणका बिरामीलाई प्राकृतिक चिकित्सासँगै उपचार गर्ने भएको छ । श्री वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमअन्तर्गत योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय सञ्चालन भएको वागेश्वरीमा आजबाट आइसोलेसन सञ्चालन गरी सङ्क्रमितको उपचार गर्न लागेको हो ।  
 
सो ठाउँमा रहेका २२ वटामध्ये पाँच घरमा रहेका कोठाहरुलाई व्यवस्थित गरी आइसोलेसन बनाइएको छ । एउटा घरमा शौचालयसहितका पाँच कोठा रहेका छन् । यसअघि यहाँको पुरानो मेडिकल कलेजले आवास बनाएको ठाउँमा पछि आश्रमले चिकित्सालय चलाएको हो ।  चिकित्सालय रहेकै क्षेत्रमा रहेका खाली भवनमा आइसोलेसन सञ्चालन गर्न लागिएको हो ।
 
भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार आज साँझसम्ममा आइसोलेसन सबै तयार हुनेछ । आजबाटै बिरामी राखिने उहाँले बताउनुभयो । बिरामी राखेपछि भित्र काम गर्न कठिन हुने  भएकाले महानगरले आवश्यक मर्मतसम्भार, रङरोगन, कार्पेटिङ्, खाटहरु राख्ने, पङ्खा जडान गर्नेलगायतका काम गरिसकेको छ । प्रमुख दाहालका अनुसार शुरुमा ७५ जना त्यहाँ राख्न सकिने छ । यहाँ विस्तार गरेर २०० जनासम्म राख्न सकिने उहाँले जानकारी दिनुभयो ।
 
भरतपुर महानगरले चिकित्सालयसँग सहकार्य गरेर आइसोलेसन सञ्चालन गर्न लागेको हो । यहाँको मर्मतसम्भार, खाना खर्च सबै महानगरले व्यहोर्ने छ । आन्तरिक व्यवस्थापनसँगै योग, ध्यान, आवश्यक उपचार चिकित्सालयले गर्नेछ ।
 
महानगररले प्रवक्ता अरुणपीडित भण्डारीको संयोजकत्वमा वडाध्यक्ष, कर्मचारी, चिकित्सक रहेको आइसोलेसन व्यवस्थापन समिति गठन गरिएको छ । आइसोलेसन, आँपटारीबाट देवघाट जाने सडकसँगैको वन क्षेत्रमा छ । दाहालले शान्त, रमणिय ठाउँमा आइसोलेसन भएकाले सङ्क्रमितको बसाइ समय आनन्दमय एवं छिटो निको हुन सहयोगी हुने अपेक्षा गरेको प्रमुख दाहालले बताउनुभयो । प्राकृतिक चिकित्साको माध्यमबाट पहिलो चरणका सङ्क्रमित छिटो निको हुने विश्वास गरिएको छ ।
 
चिकित्सालयका प्रमुख डा। हेमराज कोइरालाका अनुसार प्राकृतिक खानासँगै नियमित व्यायाम गराइने छ । सामान्य लक्ष्यण देखिएका पहिलो तहका बिरामीलाई सो आइसोलेसनमा राखिन्छ । बिरामीलाई बिहान चार किसिमका फलफूलबाट दिनको शुरुवआत गरी साँझ दूध र बेसारसँगै खानाको अध्याय सकिने उहाँले जानकारी दिनुभयो । फापरको रोटी, उमारेको गेडागुडीका टुसा, अत्याधिक झोलिलो खाना, जेठीमधु, गुर्जो, मरिच, सुठो, पिप्ला, तुलसीको पानी, दाल, भात, तरकारीजस्ता पौष्टिक तत्व प्रशस्त हुने खाना खुवाइन्छ ।
 
आइसोलेसनमा बस्नेहरुलाई योग, ध्यान प्रशस्त गराइने छ । मनतातो पानी नाकको एउटा प्वालबाट तानेर अर्कोबाट फाल्ने जल नीति, मनतातो पानीले कुल्ला, पानी खाएर उल्टी गर्ने जस्ता विधि प्रयोग गरिने कोइरालाले जानकारी दिनुभयो ।
 
चिकित्सालयका अध्यक्ष कमल मल्लले प्राकृतिक विधिबाट उपचार गर्दा सङ्क्रमित छिटो निको हुने बताउनुभयो । पुरानो मेडिकल कलेजलाई हटाएपछि सो ठाँउको चार हेक्टर वन क्षेत्रलाई धार्मिक वन क्षेत्र बनाइएको छ । धार्मीक हिसाबले महत्वपूर्ण सो ठाउँमा २०० स्थानीय जातका गाई रहेको गौशाला, २३ जना बालबालिका भएको गुरुकूल, हवन कुण्ड रहेको मल्लले जानकारी दिनुभयो ।
 
भरतपुर महानगरले नेपालमा सङ्क्रमण देखिए लगत्तै भरतपुर कोरोना अस्थायी अस्पताल स्थापना गरी  भरतपुर अस्पताललाई जिम्मा लगाएको थियो । यससँंगै महानगरका २९ वडामा ५० वटा क्वारेन्टिन स्थापना गरी बाहिरबाट आएकाहरुलाई राखेको उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिनुभयो । महानगर क्षेत्रका वासिन्दा सङ्क्रमित भई प्रथम चरणमा रहेकाहरुलाई अहिले तयार गरिएको आइसोलेसनमा राखिने उहाँले जानकारी दिनुभयो ।
 
महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार हाल महानगरका ११ वटा क्वारेन्टिन बाँकी रहेका छन् । ती क्वारेन्टिनमा ३९ जना रहेको उहाँले बताउनुभयो । महानगरको क्वारेन्टिनबाट एक हजार १०६ जनाले सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो  । हाल महानगर क्षेत्रभित्र एक हजार २५४ जना घरकै क्वारेन्टिनमा रहेको उहाँको भनाइ छ । घरका एक जनालाई सङ्क्रमण भएमा परिवारका सबैलाई गणना गरी महानगरले निगरानी राख्ने गरेको छ ।
 
जिल्लाको पूर्वी क्षेत्रमा चार नगरपालिकाले रत्ननगर र माडीले वडा नम्बर ५ मा आइसोलेसन बनाएका छन् । दोस्रो र तेस्रो तहका सङ्क्रमितलाई भने भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा उपचार गरिने व्यवस्था मिलाइएको छ ।