२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनलाई मिसाइल किन्न १.६ अर्ब पाउण्ड दिने बेलायती प्रधानमन्त्रीको घोषणा



अ+ अ-

एजेन्सी । एक दर्जनभन्दा बढी पश्चिमी नेताहरूको सहभागितामा मध्य लण्डनमा रहेको ल्यान्कास्टर हाउसमा रक्षा शिखर सम्मेलन सम्पन्न भएको छ ।

बेलायती प्रधानमन्त्री केयर स्टारमरद्वारा आयोजित यो बैठक एक हप्ताको गहन कुटनीतिक वार्तापछि भएको थियो । युक्रेनको लागि शान्ति योजना अगाडि बढाउनमा केन्द्रित थियो । शिखर सम्मेलन पछि पत्रकार सम्मेलनमा स्टारमरले घोषणा बेलायतले युक्रेनलाई ५ हजार भन्दा बढी वायु रक्षा मिसाइलहरू किन्न १.६ अर्ब पाउण्ड ब्रिटिश निर्यात वित्त प्रयोग गर्न अनुमति दिने घोषणा गर्नुभयो ।

उहाँले युक्रेनमा शान्तिको ग्यारेन्टी गर्न चार चरणको योजना पनि अनावरण गर्नुभयो । एक दर्जनभन्दा बढी युरोपेली राष्ट्रप्रमुखहरू र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो लगायत पश्चिमी नेताहरू युक्रेनको शान्ति योजनालाई अगाडि बढाउने उद्देश्यले रक्षा शिखर सम्मेलनको लागि आईतवार लण्डनमा भेला भएका थिए ।