१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीका काठ बरामद, दुई पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले खोजी अभियानअन्तर्गत ५८ दशमलव १४ घन ९क्यूविक० फिट चोरीका काठ बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ । बर्दिवास नगरपालिका–१ स्थित दर्ता नभएको एक फर्निचर उद्योग र बर्दिवास–३ गौरीडाँडास्थित ग्रिल उद्योगका नाउँमा सञ्चालन गरिएको कारखानाबाट सो परिमाणको साखुका चिरान काठ मङ्गलबार बरामद गरिएको डिभिजन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए ।  बर्दिवास–१ मा गोपाल फर्निचरको साइनबोर्ड राखिएको फर्निचर उद्योगमा खानतलासी गर्दा ४८ थान कडी, सातवटा झ्याल र पाँचवटा ढोकाका तयार चौखट ९पल्ला०सहित २७ दशमलव १३ घनफिट साखुका चिरान गरिएका काठसहित दुई जनालाई पक्राउ गरिएको छ । फर्निचरका सञ्चालक सोमबहादुर बलम्पाकी र कामदार भीमबहादुर पूर्वछाने पक्राउ परेको डिभिजन प्रमुख साहले जानकारी दिए।

त्यसैगरी बर्दिवास–३ गौरीडाँडामा बिपी राजमार्गको छेउमै ग्रिल उद्योगको बोर्ड राखेर सञ्चालित कारखानाबाट ३४ थान कडी, १४ थान झ्याल र चार थान ढोकाका चौखटसहित ३१ दशमलव एक घनफिट साखुकै चिरान काठ बरामद गरिएको छ । कारखाना सञ्चालक रामजी रम्तेल र मीनबहादुर भुजेल भाग्न सफल भएका हुँदा पक्राउ गर्न नसकिएको कार्यालयले जनाएको छ । दुवै ठाउँबाट काठ चिरान गर्न प्रयोग गरिने दुई थान आरा, बसिला र रन्दासहित साना–ठूला गरी ९४ थान चिरान काठ बरामद गरिएको डिभिजन प्रमुख साहले जानकारी दिए।

बन्दाबन्दीको अवस्थामा वनक्षेत्रबाट चोरी कटान गरी साखुका काठको कारोवार भइरहेको सुराकीका आधारमा दुवै ठाउँमा कार्यालयले मङ्गलबार दिउँसो खानतलासी गरेको थियो । बरामद काठसहित पक्राउ परेकाविरुद्ध कानूनी कारवाही थालिने कार्यालयले जनाएको छ ।

नयाँ आर्थिक वर्ष २०७७/७८ शुरु भएयता यसरी अवैधरूपमा सञ्चालन हुँदै आएका फर्निचर उद्योगबाट २०० घनफिट साखुका चिरान काठ कार्यालयले बरामद गरिसकेको छ । त्यसअघि गत चैतदेखि असारसम्मको लकडाउन अवधिभित्रै ३०० घनफिट चोरी कटान गरिएका काठ बरामद गरिएको थियो । कोभिड–१९ सङ्क्रमणको सन्त्रास छल्न जारी गरिएको विगतको लकडाउन र अहिलेको निषेधाज्ञाभित्र वन क्षेत्रमा हुने चोरी कटान रोक्न कार्यालयले सघन गस्ती बढाएको छ ।