१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट बारामा थप दुई जनाको मृत्यु



अ+ अ-

बारा । कोरोना संक्रमणबाट बारामा थप दुई जनाको मृत्यु भएको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर–४ मल्हनीटोल बस्ने ५९ पुरुष तथा बिश्रामपुर गाउँपालिका वडा नम्बर–५ औरयाटोलका ७२ बर्षे अर्को पुरुषको मृत्यु भएको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार मृतक दुई जना पुरुषमा पीसीआर रिर्पोट पोजिटिभ आएपछि उनिहरुलाई पर्साको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा भर्ना गरिएको र उपचारका क्रममा मंगलवार बिहान मृत्यु भएको बताए । योसँगै बारामा कोरोनाका कारणले १३ जनाको मृत्यु भइसकेको छ ।