१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराले घर पुरिँदा मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

बागलुङ । अविरल वर्षाका कारण पहिराले घर पुरिंँदा बागलुङ जिल्लाको ढोरपाटनमा एक युवतीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका­९ २ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । 

घरमा सुतिरहेका अवस्थामा घरमाथिबाट आज बिहान १ बजेको समेयमा खसेको पहिराले घर पुरिँदा उनको मृत्यु भएको रेग्मीको भनाइ छ । प्रकाश परियारका दुई घर रहेको र एक घरमा परिवारका अन्य सदस्य सुतेको र मृतक पूजा अर्को  घर सुतेको अवस्थामा पहिरोले सोही घर पुरिएका कारण अन्य परिवारका सदस्यलाई केही नभएको हो । पहिरोका कारण घर पनि पूर्ण रुपमा क्षति भएको छ ।