२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारसहित भन्सारमा रहेका पुराना सवारीसाधनहरु यकिन गरी नष्ट गरौँः सांसद कार्की



अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सिंहदरबारसहित भन्सारमा रहेका पुराना सवारीसाधनहरु यकिन गरी सफाई अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सुन्दर, सफा बनाउने हरेक अभियान चल्ने गरेको भन्दै सिंहदरबार र भन्सारमा वर्षौंदेखि थन्किएका पुराना सवारीसाधनहरु नष्ट गर्नसक्ने र नसक्ने यकिन गरी सफाई शुरु गर्नुपर्ने बताउनु भयो । उहाँले हरेक भन्सार कार्यालयहरुमा नष्ट गर्नुपर्ने धेरै सवारीसाधन लगायतका सामग्रीहरु रहेको भन्दै सफाई गर्नका लागि विधेयकमा आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले सुन्दर, सफा बनाउने हरेक अभियान चल्छन् तर सिंहदरबारमा यति धेरै हाम्रा पुराना गाडीहरु छन् । वर्षौंदेखिका गाडीहरु छन् । अब म पनि अर्थमन्त्री भइसकेको छु । यो हटाउनलाई केले रोकेको छ रु हरेक भन्सार कार्यालयहरुमा धेरै नष्ट गर्ने कुराहरु छन् । त्यो हुन सकेको छैन । यसलाई अन्त्य गर्न के गर्दा उपयुक्त हुन्छ । त्यो गरौँ । भन्सारमा नष्ट गर्न सकिने र नसकिने सामानहरुको यकिन गरेर कसरी यसलाई सफाई गर्नसक्छौँ त्यस दिशामा पनि छलफल गरौँ ।’

समितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा। प्रकाशशरण महतले भन्सार व्यवस्थालाई अझ व्यवस्थित गर्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्सारहरु अझ पारदर्शी र व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले व्यापार, आन्तरिक उत्पादन वृद्धि गरी आयातलाई निरुत्साहित गर्नेकुरामा जोड दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जुन हाम्रो भन्सार व्यवस्था छ, त्यो हामीलाई पनि लागिरहेको छ अझ व्यवस्थित हुनुपर्ने हो । अझ ट्रान्सपरेन्स हुनुपर्ने हो । जसले जिम्मेवारी लिइरहेको छ । तिनीहरु थप जिम्मेवार हुनुपर्छ । हाम्रो विद्यमान ऐनमा त्यो जिम्मेवार हुने कुरामा र व्यवस्थित हुनेकुरामा अझ सुधार गर्ने आवश्यक छ । शब्दमाथि शब्द थप्ने कुरा मात्रै मुख्य होइन । व्यापार वृद्धि, आन्तरिक उत्पादन वृद्धि गर्ने कुरा भन्सार दर जुन आयात प्रवद्र्धन गर्न खोजेका छौँ की आन्तरिक उत्पादन प्रवद्र्धन गर्न खोजेका छौँ । आयातलाई निरुत्साहित गरेर आन्तरिक उत्पादन बढाउने कुरामा हामी अघि बढ्नुपर्छ ।’

पूर्वअर्थमन्त्री महतले आयातलाई निरुत्साहित गरेर आन्तरिक उत्पादन बढाउने कुरामा सरकार अघि बढिरहेको बताउनु भयो ।