२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्छ, ढिलो गर्नै हुन्न : केसी



अ+ अ-

लुम्बिनी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

उनले वर्तमान सरकार गठन हुँदा दुई दलबीच संविधान संशोधनको विषयमा सात बुँदे सहमति भएकाले सरकारमा सहभागी दलहरु इमान्दारिताका सो प्रक्रियामा अघि बढ्नुपर्ने बताए।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले संविधान संशोधनका लागि सरकारमा सहभागी दलसहितको समिति बनाउनुपर्नेमा जोड दिए।

“अहिले देशमा दुई ठूला दल मिलेर सरकार गठन हुनुको कारण देशमा देखिएको अस्थिरता हटाउनु हो । जनतामा देखिएको निराशालाई हटाउन संविधान संशोधन गर्न सरकार गठन भएको हो”, नेता केसीले भने, “सरकारमा रहेका, नरहेका सबै दलसँग छलफल गरेर सहमतिपूर्ण निस्कर्ष निकाल्नु पर्छ।”

नेता केसीले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्धारित समयभित्रै गरिनुपर्ने बताए। उनले सकेसम्म आगामी २०८२ सालभित्र र नभए २०८४ सालको चुनाव अघि महाधिवेशन हुनुपर्ने बताए।