२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागजातविहीन १० नेपालीलाई आज अमेरिकाले फर्काउँदै



फाईल फोटो
अ+ अ-

काठमाडौं । अमेरिकाले अवैधरुपमा बस्दै आएका १० जना नेपालीलाई आज फर्काउँदै छ । अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिइरहेको अमेरिकाले आधिकारिक कागजात नभएका १० नेपालीलाई चार्टर विमानबाट काठमाडौं ल्याउने भएको छ ।

अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको सानो विमान गल्फजेटस्ट्रिममार्फत आज बिहान १० बजे अवतरण गर्ने तालिका रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यभार सम्हालेयता आधिकारिक कागजातविहीनलाई निष्कासन गर्ने घोषणा गरिएको थियो ।

माघ ७ गते ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट कागजातविहीन नेपाली आउनेक्रम जारी छ । ट्रम्पको कार्यकाल सुरु भएयता विमान नै चार्टर गरेर नेपालीलाई पठाइन लागेको पहिलो पटक हो ।

यो विमान अमेरिकाको न्यू ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउन लागेको हो । उक्त विमान अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई अवतरण गराएर सोझै नेपाल आउनेछ ।

नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार यसअघि मंसिर ३० मा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले चार्टर विमानमार्फत ८ जना आधिकारिक कागजात नभएका नेपालीलाई पठाएको थियो ।