१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने महानगरपालिका तथा नगरपालिकाका मेयरहरुको निर्णय



अ+ अ-

काठमाडौं। काठमाडौं उपत्यका नगरपालिका फोरमको बैठकले स्थानीय तह तथा वडा कार्यालय मार्फत दिने अत्यावश्यक वाहेकका सवै सेवा बन्द गर्ने निर्णय गरेको छ। 

सोमवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलन मार्फत काठमाडौं उपत्यका नगरपालिका फोरमले त्यसप्रकारको निर्णय गरेकोउपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका मेयर विद्यासुन्दर शाक्यले वताएका हुन।

मेयर शाक्यले संघीय राजधानी समेत रहेको र अत्यन्त घनाबस्ती युक्त उपत्यकामा कोरोना संक्रमण समूदायस्तरमा फैलियो भने भयावह अवस्था आउन सक्छ भन्दै यसको रोकथाम र नियन्त्रणका लागि उपत्यका सबै पालिका एकीकृत योजना बनाएर अघि बढ्ने बताएका छन्।

शाक्यले भदौं १५ गतेसम्म काठमाडौं उपत्यकाका महानगरपालिका तथा नगरपालिकाका अत्यावश्यक वाहेकका सवै सेवा बन्द गर्ने निर्णय भएको बताएका छन्।

काठमाडौं उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले यसबारे थप जानकारी दिने क्रममा उपत्यका भित्र तालिका नै बनाएर कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङमा जाने निर्णय भएको वताएका छन्।

त्यसैगरी बैठकले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याको यात्रुलाई ध्यानमा राखी क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्नेगरी तयारी गर्न पनि संघीय सरकारसँग माग पनि उपत्यका फोरमले गरेको जनाएको छ।