२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दै



अ+ अ-

एजेन्सी । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो सेमिफाइनल खेलमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दैछन् । लाहोरको गद्दाफी क्रिकेट स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसोको २ः४५ बजे बाट सुरु हुनेछ ।

आईसीसी च्याम्पियन्स ट्रफीमा दुवै टोली तेस्रो पटक भिड्दैछन् । अघिल्लो खेलमा दुवैले १–१ को जित निकालेका थिए । पछिल्लो पटक यी दुईले एकदिवसीयमा फेब्रुअरीमा त्रिकोणात्मक सिरिजमा आमनेसामने गरेका थिए, जसमा न्यूजिल्याण्ड ६ विकेटले विजयी भएको थियो।

एकदिवसीयमा दक्षिण अफ्रिका अगाडि

दक्षिण अफ्रिका र न्यूजिल्याण्डबीच अहिलेसम्म ७३ ओडीआई खेलिएको छ । जसमध्ये दक्षिण अफ्रिकाले ४२ र न्युजिल्यान्डले २६ खेल जितेको छ । ५ खेल भने अनिर्णित रह्यो । दुवै टोली लाहोरमा दोस्रो पटक भिड्दैछन् । यसअघि फेब्रुअरीमा दुवै त्रिकोणीय सिरिजमा आमनेसामने भएका थिए ।

आजको विजेता टोलीले फाईनलमा भारतसँग खेल्नेछ । भारतले मंगलबार भएको पहिलो सेमिफाईनल खेलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गरेको थियो । च्याम्पियन्स ट्रफीको फाइनल खेल आइतबार मार्च ९ मा हुने छ ।

दुबै टोलीको सम्भावित प्लेइङ– ११:

दक्षिण अफ्रिकाः टेम्बा बावुमा (कप्तान), एडेन मार्कराम, रायन रिकेल्टन, रस्सी भान डेर डुसेन, हेनरिक क्लासेन (विकेटकिपर), डेभिड मिलर, वेन मुल्डर, मार्को जेन्सन, कागिसो रबाडा, केशव महाराज र लुंगी एनगिडी।

न्यूजिल्याण्डः मिचेल सान्टनर (कप्तान), विल यंग, ​​रचिन रविन्द्र, केन विलियमसन, डेरिल मिचेल, टम लाथम (विकेटकिपर), ग्लेन फिलिप्स, माइकल ब्रेसवेल, म्याट हेनरी, काइल जेमिसन र विलियम ओुरुर्के।




भर्खरै