१९ असार २०८३, शुक्रबार
,
Latest
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जंगली च्याउ खाँदा ४ जना गम्भीर बिरामी



Representative Photo
अ+ अ-

डोल्पा। जंगली च्याउ खाँदा ४ जना गम्भीर बिरामी  भएका छन् । डोल्पाको ठूलीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का  ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी  परेका प्रहरीले  जनाएको छ ।

डोल्पाका प्रहरी प्रमुख डीएसपी नारायण रञ्जितकारका अनुसार आइतबार साँझको खानासँगै जंगली च्याउ खादाँ उनीहरु बिरामी परे पनि प्रहरीले सोमबार विहानमात्र खबर पाएकाले प्रहरी चौकी मागफाल प्रहरी सहायक निरीक्षक कृष्ण तिरुवाको कमाण्डमा ७ जनाको टोलि घटास्थलतर्फ गएको बताए । 

जंगली च्याउ खाँदा गम्भिर गाइते भएका ४ जनामध्ये पहिलो खेपमा  सिम्रिक एयरको हेलिकप्टरले ३ जनालाई सुर्खेत पठाइएको र एकै हेलिकप्टरबाट नअटेका कारण एक जनाका लागि भने छुट्टै हेलिकप्टर आउने डीएसपी रञ्जितकारले बताए । उनका अनुसार एक जनालाई भने नेपालगञ्ज पठाउने तयारी छ ।