२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

युगाण्डामा राम्रो क्रिकेट खेलेर फर्कन्छौं– कप्तान इन्दु बर्मा



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले युगान्डामा हुने अन्तर्राष्ट्रिय वुमन्स डे कपमा उत्कृष्ट क्रिकेट खेल्ने बताएकी छन् ।

आगामी मार्च ८ देखि १६ सम्म नेपालले घरेलु टोली युगाण्डा, हङकङ र नामिबिया सम्मिलित ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । सोही अन्तर्राष्ट्रिय वुमन्स डे कप खेल्न जाने नेपाली टोलीको सोमवार बिदाइ गरिएको थियो । सो अवसरमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले घरेलु मैदानमा नै भएको त्रिकोणात्मक शृंखलामा पनि राम्रो खेलेको उल्लेख गर्दै यसपल्ट पनि प्रभावकारी तयारी भएकाले युगान्डामा राम्रो क्रिकेट खेल्ने बताएकी हुन् ।

पछिल्लो श्रृंखलामा केही पक्षहरूमा कमी भएको र अहिले त्यसमा सुधार गरिएको उनको भनाइ छ । घरेलु मैदानमा भएको श्रृंखलामा नेपाली टोलीमा फिटनेसको समस्या देखिएको थियो । कप्तान इन्दुले युगाण्डा भ्रमणको तयारीका क्रममा नेपाली टोलीकी फिटनेस ट्रेनर मोनिकाले धेरै पक्षमा सुधार गरेको बताइन् । अहिले अनुभवी र यु–१९ का प्रतिभावान् खेलाडीसहित बलियो टोलीको बनेको उनको भनाइ छ । त्यसैले युगान्डामा राम्रो क्रिकेट खेलेर फर्कने उनको विश्वास छ ।

नेपाली क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले पनि क्याम्पमा फिल्डिङ र फिटनेस विशेष ध्यान दिएको र फिटनेस ट्रेनरले पनि धेरै मेहनत गरेको बताए । यसबाहेक ब्याटिङ र बलिङमा पनि राम्रो तयारी भएकाले सुखद् नतिजा आउने उनको विश्वास छ । ६ वटै खेल हारे पनि त्रिकोणात्मक शृंखलामा राम्रो प्रदर्शन भएको उल्लेख गर्दै प्रशिक्षक कटुवालले युगाण्डा भ्रमणमा जितेर आउने आशा व्यक्त गरेका छन् ।

मूलपानीमा आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्का र प्रवक्ता छुम्बी लामालगायतले नेपाली टोलीलाई बिदाइ गरेका थिए । सो अवसरमा क्यानका सचिव पारस खड्काले विश्वकपको तयारी अनुरूप यो भ्रमण राखिएको उल्लेख गर्दै खेलाडीका लागि धेरैभन्दा धेरै म्याच एक्सपोजर दिने प्रयाय क्यानले गरिरहेको बताए । पछिल्ला समयमा नेपाली महिला क्रिकेटको नतिजामा पनि समर्थकले धेरै चासो दिन थालेकाले सोहीअनुरूप राम्रो प्रदर्शन गर्न पनि उनले सुझाव दिएका छन् । उनले जित हारको मूल्यांकन भैरहेकाले देशलाई जिताउने गरी खेल्न आग्रह गरेका छन् ।

सबैले एक अर्कासँग दुईपल्ट प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । नेपालले आगामी मार्च ८ मा नामिबयासँग खेल्दै युगाण्डा श्रृंखलाको शुरुवात गर्नेछ । त्यसपछि नेपालल मार्च ९ मा युगान्डा मार्च १० मा हङकङसँग, मार्च १२ मा नामिबियासँग, मार्च १३ मा युगान्डा र मार्च १४ मा हङकङसँग फेरि खेल्ने तालिका छ । क्यानले यसै वुमेन्स डे कपका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ ।

यसमा सना प्रविन र रिया शर्माले पहिलोपल्ट सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । यी दुईले यु–१९ विश्वकपसमेत खेलेका थिए । इन्दुको कप्तानमा रहेको नेपाली टोलीमा सना र रियासहित रुविना क्षेत्री, विन्दु रावल, पूजा महतो, सम्झनाकुमारी खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचानकुमारी चौधरी, कविता जोशी, ईश्वरी विष्ट र अलिशाकुमारी यादव ९विकेटकिपर० छन् ।