१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन माथि छलफलमा जुटे ओली-दाहाल



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय छलफलमा जुटेका छन् । कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन माथि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफल जुटेका हुन् । 

नेकपा सचिवालयको बैठकले अघिल्लो साता महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलका सदस्यहरुमा ओली गुटबाट महासचिव पौडेल र शंकर पोखरेल सदस्य थिए भने प्रचण्ड गुटबाट जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए । त्यस्तै माधव नेपाल गुटबाट सुरेन्द्र पाण्डे र भीम रावल कार्यदलमा थिए ।

उक्त कार्यदलको १६ पन्ने लघु प्रतिवेदन अध्यक्षद्वय ओली प्रचण्डलाई बुझाइसकेको छ । प्रतिवेदनमा ओलीले सरकार चलाउने र अध्यक्ष प्रचण्डले अधिकार सहित कार्यकारी अध्यक्षको हैसियतले पार्टी सञ्चालन गर्ने, कुनै पनि संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्दा पार्टीको छलफल एवम् परामर्शमा मात्र गर्ने, मन्त्रीमण्डल हेरफेर गर्ने लगायतका बुँदाहरु कार्यदलले प्रतिवेदनमा उल्लेख गरेको छ ।