१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस्तीमाथिको ढुङ्गाले ३५ घर जोखिममा



सांकेतिक तस्बिर
अ+ अ-

त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको नेगीगाँउमा बस्तीमाथिको ठूलो ढुङ्गाले ३५ परिवार जोखिममा परेको छ । गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार पाँच वर्षअघि गएको विनाशकारी भूकम्पको समयमा डगमगाएको ढुङ्गा अहिलेको बर्साततले बग्न थालेपछि नेगीगाउँ जोखिममा परेको हो ।

बस्तीभन्दा माथि पर्ने डाँडामा रहेको दुईतले घरभन्दा ठूलो आकारको ढुङ्गाले आफ्नो सतह छाडेर बग्न थालेपछि गाउँपालिकास्तरीय विपद् व्यावस्थापन समितिले ढुङ्गा हटाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गरेको छ । ‘ढुङ्गाको आकार निकै ठूलो भएकाले विस्फोट गराई हटाउनुपर्ने र त्यसका लागि नेपाली सेनामार्फत तत्कालै हटाउन आवश्यक रहेको’ भनी जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्राचार गरिएको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिए ।

पाँच वर्षअघि गएको विनाशकारी भूकम्पको कम्पनले माथिबाट ढुङ्गा र सुक्खा पहिरो जानसक्ने भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राविधिक अध्ययन टोलीले तयार गरेको प्रतिवेदनमा समेत नेगीगाँउलाई जोखिम बस्तीका रूपमा समावेश गरेको थियो ।