२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेले प्रधानमन्त्री कप नखेल्ने



अ+ अ-

काठमाडौं । स्पिनर सन्दीप लामिछानेले एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट नखेल्ने भएका छन् ।

स्वास्थ्य अवस्थाका कारण उनले केहि समय मैदान बाहिर रहने निर्णय गरेका हुन् ।

माघ ९ गते सन्दीपले हर्नियाको शल्यक्रिया गराएका थिए । चिकित्सकले अझै केही दिन मैदानमा नफर्किन सुझाव दिएपछि सन्दीपले प्रधानमन्त्री कपबाट नाम निकालेका हुन् ।

बाग्मती प्रदेशले बिहिबार पृथु बास्कोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । नियमित कप्तान सन्दीपले आफू खेल्न असमर्थता जनाएपछि बास्कोटालाई कप्तानी दिइएको हो ।

प्रधानमन्त्री कप फागुन २५ देखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशमा आयोजना हुँदैछ । यस प्रतियोगितामा ७ प्रादेशिक र ३ विभागीय गरी १० टोलीको सहभागिता छ ।

 




भर्खरै